Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपा र राप्रपाद्वारा आजपनि संसद बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा आजपनि संसद बैठक बहिष्कार

  • बुधवार, भाद्र १८ २०८२

  • 636
    SHARES

  • रास्वपा र राप्रपाद्वारा आजपनि संसद बैठक बहिष्कार

    काठमाडौं । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै आएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा दलका तर्फबाट आ–आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले सदन बहिष्कार गरेका हुन् ।

    उनीहरू गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएका छन् । बुधबार पनि बैठक सुरु भएपछि दुवै दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले समय दिएपछि रास्वपाका तर्फबाट सांसद हरि ढकाल र राप्रपाबाट प्रमुख सचेतक ज्ञानबहादुर शाही बोल्नु भएको थियो । रास्वपाका सांसद ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत् रहेको बताउनुभयो ।

    राप्रपाका प्रमुख सचेतक शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताउनुभयो । आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको उहाँले बताउनुभयो । शाहीले बोलिसकेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।


    बुधवार, भाद्र १८ २०८२०२:३६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij