Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले एससीओ प्लसको शिखर सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले एससीओ प्लसको शिखर सम्मेलनलाई सम्बोधन गर्दै

  • सोमवार, भाद्र १६ २०८२

  • 616
    SHARES

  • प्रधानमन्त्री ओलीले एससीओ प्लसको शिखर सम्मेलनलाई सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुने भएको छ। चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

    चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ । आज रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

    यसअघि आइतबार प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा एससीओ प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुनु भएको थियो । रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी हुनुभएको थियो ।

    उक्त अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि अनौपचारिक भेट भएको थियो । समकक्षी मोदीले उक्त भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।


    सोमवार, भाद्र १६ २०८२०८:५९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij