Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

लिपुलेक भू–भाग नेपालको हो भने त्यसलाई नाका बनाएर व्यापार गर्दैनौं भनेर चीनले भन्न सक्नुपर्ने कूटनीतिज्ञको टिप्पणी, सीमा विवाद भारत र नेपालबीच नै सेटल हुन आवश्यक रहेकोमा जोड (खास खबर)

लिपुलेक भू–भाग नेपालको हो भने त्यसलाई नाका बनाएर व्यापार गर्दैनौं भनेर चीनले भन्न सक्नुपर्ने कूटनीतिज्ञको टिप्पणी, सीमा विवाद भारत र नेपालबीच नै सेटल हुन आवश्यक रहेकोमा जोड (खास खबर)

  • आइतवार, भाद्र १५ २०८२

  • 660
    SHARES

  • लिपुलेक भू–भाग नेपालको हो भने त्यसलाई नाका बनाएर व्यापार गर्दैनौं भनेर चीनले भन्न सक्नुपर्ने कूटनीतिज्ञको टिप्पणी, सीमा विवाद भारत र नेपालबीच नै सेटल हुन आवश्यक रहेकोमा जोड (खास खबर)

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन यतिवेला चीन भ्रमणमा हुनुहुन्छ । नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिको विषय यतिखेर चर्चा र चासोको विषय भएको छ ।

    र यो विषयमा प्रधानमन्त्री ओलीले चीनसंग कसरि बिषयवस्तु उठान गर्नुहुन्छ भन्ने सर्वाधिक चासो रहदै आएको थियो । यहि चासोकै बीचमा प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच हिजो नै भेटवार्ता भएको छ ।

    भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाउनुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाउनु भएको भनिएको छ । 

    हिजो प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्ता पछि र प्रधानमन्त्री ओलीले राखेको अडानपछि आज विभिन्न विज्ञहरुको प्रतिकृया आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री सी जिनपिङबीच हिजो भएको भेटवार्ताको सन्दर्भ उल्लेख गर्दै चीनका लागि नेपालका पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले चीनले लिपुलेक नेपालको भूमी हो भने त्यसलाई नाका बनाएर व्यापार गर्दैनौं भन्न सक्नुपर्ने बताउनुहुन्छ । उहाँले चीनले नेपालको भू–भागलाई नाका बनाएर भारतसित व्यापार गर्ने सम्झौता गर्न नहुने टिप्पणी गर्नुहुन्छ ।

    पूर्व राजदूत श्रेष्ठले सीमा लिपुलेक विवादमा चीन फस्न नचाहने हो भने उसले यसबारेमा भारतसँग प्रष्ट कुरा गर्नुपर्ने तर्क उहाँको छ । पूर्व राजदूत एवं कूटनीतिज्ञ विजयकान्त कर्णले लिपुलेक सीमा विवाद भारत र नेपालबीच नै सेटल हुन आवश्यक रहेकोमा जोड दिनुहुन्छ ।

    प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपनि सी जिङपिङसँग भारत र चीनले लिपुलेक मार्ग प्रयोग गर्नेगरी गरेको सम्झौताको बारेमा कुरा उठाउँदा त्यो अस्वीकृत तर्क उहाँको छ ।

    चीनले पनि अप्रत्यक्ष रुपमा यो समस्या भारत र नेपालबीच नै समाधान हुनुपर्छ भन्ने जवाफ दिएको उहाँको तर्क छ । लिपुलेकको व्यापारिक मार्ग प्रयोग गर्नेगरी भएको सहमतिमा चीनले तेस्रो पक्ष बनेर वार्तामा सहभागी हुनसमेत अस्वीकार गरेको दाबी उहाँको छ ।

    ‘चीनका राष्ट्रपतिले जुन जवाफ दिए, त्यो भनेको जस्तो भएन । उहाँको जवाफ के रह्यो भने भारत र नेपालले यो समस्याको समाधान गर्नुपर्छ । चीनले त्रिपक्षीय वार्तालाई अस्वीकार गर्यो । यो समस्याको समाधान भएन । हामी भारत र नेपालकै बीचमा वार्ता गर्नुपर्छ भन्ने बुझियो । चीनको भाषा हेर्ने हो भने अस्वीकार नै गरेको हो । चीनले नेपालको यो कुरालाई अस्वीकार गरेर नेपाल चीन र भारतको बीचमा भएको व्यापारिक मार्ग प्रयोग गर्ने सम्झौता जुन छ, त्यसलाई निरन्तरता दिने हामीलाई सूचना दिएको हो । यसलाई यसरी बुझ्दा हुन्छ, किन भने उसले तेस्रो पक्ष बन्न पनि अस्वीकार गर्यो । उसले नेपाल र भारत आफैंले दुई पक्षीय वार्ता गरेर यो समस्याको समाधान गर्नु भन्दियो, पूर्व राजदूत एवं कूटनीतिज्ञ कर्णको भनाई छ ।

    प्रधानमन्त्री ओलीले चीनमा त लिपुलेकलाई व्यापारिक मार्ग बनाउने बिषयमा कुरा उठाउनु भएको छ । अव लगत्तै प्रधानमन्त्री ओलीको भारत भ्रमण पनि छ । यतिवेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीनभ्रमणमा हुनुहुन्छ । चीनमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवादबारे कुरा उठाउनु कूटनीतिक रुपमा उपयुक्त नहुने टिप्प्णी पनि भईरहेको छ । प्रधानमन्त्री ओली भारत जाँदा नै सीमा विवादको कुरा उठाउन उपयुक्त हुने तर्क गरिएको छ। त्यसो त चीनमा रहँदा भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री ओलीको भेटवार्ता नहुने पनि भनिएको छ ।


    आइतवार, भाद्र १५ २०८२०७:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij