Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

  • शुक्रवार, भाद्र १३ २०८२

  • 459
    SHARES

  • अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

    काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

    न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेसँग २० हजार रुपैयाँ धरौटी माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको थियो ।

    उहाँलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। बुधबार नै पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महरलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाड्न प्रहरीलाई अनुमति दिएका थिए ।


    शुक्रवार, भाद्र १३ २०८२०४:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij