Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

उखु किसानहरूको माग सम्बोधन गराउन गगन थापाको पहल

उखु किसानहरूको माग सम्बोधन गराउन गगन थापाको पहल

  • बिहिवार, भाद्र १२ २०८२

  • 577
    SHARES

  • उखु किसानहरूको माग सम्बोधन गराउन गगन थापाको पहल

    काठमाडौं। आन्दोलित उखु किसानहरूको माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सक्रिय पहल गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भेटेर उनले किसानको समस्या समाधानका लागि तत्काल र दीर्घकालीन दुई विषयमा जोड दिएको बताएका छन् ।

    थापाले कबुल गरेअनुसार सरकारले किसानलाई उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी गर्नुपर्ने बताए। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा “उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने शीर्षकमा २ अर्ब रुपैयाँ छुट्ट्याइएको उल्लेख गर्दै उनले बजेटको अभाव नभएको स्पष्ट पारे। “यसै रकमबाट निकासा गरी प्रतिक्विन्टल ७० रुपैयाँकै दरले तत्काल भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्छ,” थापाको भनाइ छ।

    किसानलाई पटक–पटक सडकमा आउन बाध्य पार्ने अभ्यास अन्त्य गर्नुपर्ने उनको जोड थियो। उनले भने, “न्यूनतम मूल्यदेखि अनुदानसम्म दीर्घकालीन समाधान निकाल्न बहुआयामिक ढंगले काम गर्न आवश्यक छ।” थापाले मन्त्रालयले यसबारे पहल थालेको देखिएपनि समस्या केवल मन्त्रालयस्तरीय निर्णयले टुंगिने खालको नभएको औंल्याए। उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, “विनियोजित बजेटबाट किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गरी उनीहरूलाई सडकबाट खेत तथा घर फर्कने वातावरण बनाउनुपर्छ।"

    महामन्त्री थापाले उखु किसानको समस्याको स्थायी समाधानका लागि आवश्यक निर्णय गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ।


    बिहिवार, भाद्र १२ २०८२०६:४१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij