Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सीमा समस्या समाधान गर्ने ठोस आधार लिएर मात्रै भारत भ्रमणमा जान प्रधानमन्त्री ओलीलाई सुझाव, संवेदनशीलता बुझेर व्यवस्थापन गर्न सरकार गम्भीर बन्न जरुरी (खास खबर)

सीमा समस्या समाधान गर्ने ठोस आधार लिएर मात्रै भारत भ्रमणमा जान प्रधानमन्त्री ओलीलाई सुझाव, संवेदनशीलता बुझेर व्यवस्थापन गर्न सरकार गम्भीर बन्न जरुरी (खास खबर)

  • शनिवार, भाद्र ७ २०८२

  • 884
    SHARES

  • सीमा समस्या समाधान गर्ने ठोस आधार लिएर मात्रै भारत भ्रमणमा जान प्रधानमन्त्री ओलीलाई सुझाव, संवेदनशीलता बुझेर व्यवस्थापन गर्न सरकार गम्भीर बन्न जरुरी (खास खबर)

    काठमाडौं । नेपालका दुई छिमेकी मुलुक भारत र चीनले अतिक्रमित नेपाली भूमि लिपुलेक पासबाट व्यापार नाका खोल्ने सहमति गरेपछी यसले सिँगो नेपालको सार्वभौमिकता र स्वाधिनतामा प्रहार भएको भन्दै यसबारे विरोध र गम्भीर रुपमा चर्चा परिचार्चा भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबाट औपचारिक निमन्त्रणा आईसकेको छ ।

    यस्तो अवस्थामा सीमा समस्या समाधान गर्ने ठोस आधार लिएर मात्रै भारत भ्रमणमा जान प्रधानमन्त्री ओलीलाई सुझाव दिईएको छ भने राजनीतीकरण नगरी वार्ताका लागि कुटनीतिक पहल गरिनुपर्नेमा पनि जोड दिईएको छ ।

    नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले लिपुलेक, लिम्पियाधुराको विषयमा छलफल र बहस भारतसितको विषय भएको बताउनुहुन्छ । लिपुलेक, लिम्पियाधुराको छलफल र बहस भनेको हाम्रो भारतसित हो । चीनसित होइन। उहाँको तर्क छ ।

    यो कुरा हामी निरन्तर उठाईराख्छौं । हामीसँग धेरै प्रमाण र तथ्यहरु छन् । भारतले तथ्य केही छैन भनेर प्रतिक्रिया जनाएको छ । केपी ओली प्रधानमन्त्री भएको बेलामा संसद्बाट सर्वसम्मत् पारित भएको छ । ज्ञवालीको भनाई छ ।

    लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो । कालापानीमा भारतले नेपाली भूमि हडेपेर सेना राखेको भन्दै त्यहाँबाट हट्नुपर्ने आफूहरुको आवाज भएको दाबी ज्ञवालीको छ ।

    लिपुलेक पास हुँदै भारत र चीनले नाका सुचारु गर्नेबारे गरेको सहमतिमा दुवै देशले गल्ती गरेको ज्ञवालीको भनाई छ । भारत र चीनबीच व्यापारिक नाका खोल्ने विषयमा पछिल्लो समय सहमति गर्दा चीनले ख्याल नगरेको भन्दै ज्ञवालीले असन्तुष्टि पनि पोख्नुभयो । एमालेका महासचिव शङ्कर पोख्रेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताउनुहुन्छ ।

    लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने पोखरेल बताउनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले लिपुलेक र लिम्पियाधुराको समस्या, भारतले जारी गरेको विज्ञप्तिको खण्डन नेपालले तर्कका साथ गर्नुपर्ने बताउनुहुन्छ । दुई देशबीचको पारस्परिक र अन्योन्याश्रित सम्बन्धलाई ध्यानमा राख्दै सीमा विवादको समस्या समाधान गरिनुपर्ने सुमनको जोड छ ।

    ‘सिंगो संसद्ले लिपुलेक, लिम्पियाधुरा हाम्रो देशको अविभाज्य अंग हो भनेर पारित गरेका छौं । हामी त्यसमा अडिग छौं । यो हाम्रो देशको स्वाधीनताको विषय हो । मनिष सुमनको तर्क छ । लिपुलेक, लिम्पियाधुरा बिषयमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव नेपाल–भारतबीचको पौराणिक, पारिवारिक र बहुआयमिक सम्बन्धलाई कायम राख्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, स्वाधीनताको पक्षमा उभिनुपर्ने बताउनुहुन्छ ।

    नेपाल–भारतबीचको सीमा समस्यालाई राजनीतीकरण नगरी वार्ताका लागि कुटनीतिक पहल गरिनुपर्नेमा यादव सुझाव दिनुहुन्छ । विभिन्न चरणमा नेपालका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि सीमा विवादसम्बन्धी विषयले महत्व पाउनुपर्ने जोड उहाँको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा पनि सीमा समस्या समाधानका लागि ठोस आधार लिएर जानुपर्ने सुझाव यादव दिनुहुन्छ ।

    भारत र चीनले गत मंगलबार गरेको सहमतिमा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई अलग–अलग कूटनीतिक नोट पनि पठाएको छ । त्यसैले अहिले लिपुलेक र कालापानीको सम्बन्धमा उठेको विषयको संवेदनशीलतालाई बुझेर व्यवस्थापन गरिनुपर्नेमा सरकार गम्भीर बन्न जरुरी छ ।


    शनिवार, भाद्र ७ २०८२०८:०५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij