Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न माधव नेपालको चेतावनी

आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न माधव नेपालको चेतावनी

  • शुक्रवार, भाद्र ६ २०८२

  • 759
    SHARES

  • आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न माधव नेपालको चेतावनी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीले जनताको बीचमा प्रभाव विस्तार गर्नका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

    मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरिबाट पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको उहाँको भनाइ छ । जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

    आफ्नो पार्टीको भविष्य रहेको भन्दै यसलाई सशक्त बनाउने उहाँको भनाई छ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भूमिका खेल्ने स्थितिमा पु¥याउने बताउनुभयो ।

    ‘यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन् । अवश्य ठूलो छ भन्नेकुरा पनि आउँदैन । तर यो पार्टीलाई हामीले सशक्त बनाउनुपर्नेछ । ठूला पार्टी बनाउनुपर्नेछ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भूमिका खेल्ने स्थितिमा पु¥याउनुपर्दछ,’ उहाँले भन्नुभयो । अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रुपान्तरण गर्नसक्ने बताउनुभयो ।


    शुक्रवार, भाद्र ६ २०८२०४:२९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij