Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

महिला प्रहरीलाई विशेष ढङ्गले प्रोत्साहित गर्नुपर्नेमा गृहमन्त्री लेखकको जोड

महिला प्रहरीलाई विशेष ढङ्गले प्रोत्साहित गर्नुपर्नेमा गृहमन्त्री लेखकको जोड

  • बिहिवार, भाद्र ५ २०८२

  • 763
    SHARES

  • महिला प्रहरीलाई विशेष ढङ्गले प्रोत्साहित गर्नुपर्नेमा गृहमन्त्री लेखकको जोड

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले समानता, सशक्तीकरण र सम्भावनाका विषयहरूमा महिला प्रहरीलाई विशेष ढङ्गले प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै गृहमन्त्रीले सबै सम्भावनामा महिला प्रहरी कर्मचारीलाई समाहित गर्नुपर्ने बताउनुभयो । 

    प्रहरीमा १२ प्रतिशत महिला कर्मचारी रहेको भन्दै उनले २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि प्रहरीमा महिलाको उपस्थिति बढेको बताउँदै मन्त्री लेखकले नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत महिला आरक्षणको व्यवस्था उल्लेख गर्नुभयो । उहाँले परिणाममा २० प्रतिशत महिलाको उपस्थिति नेपाल प्रहरीमा पुर्याउनुपर्ने बताउनु भएको छ ।

    परिणाममा महिलाको उपस्थिति २० प्रतिशत पुर्याउने विषयमा गृह मन्त्रालय र सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । ‘हामी यस्तो प्रहरी संगठनको परिकल्पना गरिरहेका छौँ, जहाँ महिला र पुरुष दुवै समान रूपमा सुरक्षित, समान रूपमा सशक्त र समान रूपमा उत्तरदायी हुन सकुन्,’ उहाँले भने, ‘देशको शान्ति सुरक्षा कायम राख्न महिला प्रहरीको योगदान अतुलनीय छ । यो प्रगति हाम्रो समावेशी समाजको वास्तविक प्रतिबिम्ब हो । महिला प्रहरीको निष्ठा र साहसप्रति उच्च सम्मान छ ।’

    त्यसै गरी मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन जारी गरिनेमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाति, लिंग र भूगोलको बनाइने र महिलाहरूको आरक्षणलाई थप गरिने उहाँको भनाई थियो । यही सदनबाट प्रहरी सम्बन्धी कानुन पारित गर्ने लक्ष्य रहे पनि मस्यौदा राज्य व्यवस्था समितिमै रोकिएको उहाँको भनाई थियो । लेखकले स्थापनाको ७४ वर्षपछि महिला प्रहरी सम्मेलन गरेर प्रहरीले एउटा इतिहास थपेको उल्लेख गनुभएको छ ।


    बिहिवार, भाद्र ५ २०८२०४:१७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij