Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

  • बिहिवार, भाद्र ५ २०८२

  • 681
    SHARES

  • मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत् र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिनुभएको छ । मन्त्री खड्काले विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बरालसहितको टोलीलाई प्रदेशभरिका विद्युत् र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिनुभएको हो ।

    मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको र यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउन निर्देशन दिनुभयो ।

    उहाँले नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको हो । मन्त्री खड्काले मधेशका विभिन्न क्षेत्रमा पटक पटक बिजुली जाने जनगुनासोको समाधान गर्न २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

    उहाँले मन्त्रालयका लागि कार्य प्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति रहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताकासाथ पूरा गर्न निर्देशन दिनु भएको छ ।


    बिहिवार, भाद्र ५ २०८२०४:०९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij