Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति पूर्वराष्ट्रपति भण्डारीको कडा टिप्पणी

वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति पूर्वराष्ट्रपति भण्डारीको कडा टिप्पणी

  • बिहिवार, भाद्र ५ २०८२

  • 482
    SHARES

  • वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति पूर्वराष्ट्रपति भण्डारीको कडा टिप्पणी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा टिप्पणीसहित आलोचना गर्नुभएको छ । मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले संसद् निरीह थलोमा परिणत भएको बताउनुभयो ।

    ‘हामी पूर्ण लोकतन्त्रमा छौँ, तर जनताको आकांक्षा पूरा हुन सकेको छैन । राजनीतिक दलहरूमा समस्या छ, दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उहाँले भनिन् । भण्डारीले ठूला दल कांग्रेस र एमाले संविधान संशोधनमा सहमत भए पनि संशोधनको आवश्यकता के हो भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गर्नुभयो ।

    उहाँले सांसदसहितका जनप्रतिनिधिमाथि आरोप पुष्टि नहुन्जेल निलम्बन गर्नु गलत भएको बताउनुभयो । ‘कसैलाई आरोप लगाउँदैमा तुरुन्त निलम्बन गर्नु लोकतान्त्रिक होइन,’ उहाँले भन्नुभयो । उहाँले सम्बोधनमा आफ्नो राजनीतिक यात्राको पनि स्मरण गर्नुभयो ।

    एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीले मदन भण्डारी फाउन्डेसनलाई थिंक ट्यांकको रूपमा अघि बढाइएको बताउँदै जननेता भण्डारीको विचारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।


    बिहिवार, भाद्र ५ २०८२०३:४८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij