Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भारत र चीनबीचको लिपुलेक सीमा सम्झौताप्रति माओवादी र रास्वपाको विरोध, सरकारसँग जानकारी माग

भारत र चीनबीचको लिपुलेक सीमा सम्झौताप्रति माओवादी र रास्वपाको विरोध, सरकारसँग जानकारी माग

  • बिहिवार, भाद्र ५ २०८२

  • 645
    SHARES

  • भारत र चीनबीचको लिपुलेक सीमा सम्झौताप्रति माओवादी र रास्वपाको विरोध, सरकारसँग जानकारी माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबीच भएको उक्त सम्झौताले नेपाललाई दुःखित बनाएको बताउनुभयो । उहाँले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माग गर्नुभएको छ ।

    पाण्डेले राष्ट्रियताको संवेदनशील मुद्दामा सरकार मौन बस्न नसक्ने भन्दै देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्नु नहुने बताउनु भएको छ ।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले पनि लिपुलेकलाई व्यापारिक नाकाका रुपमा प्रयोग गर्ने भारत र चिनवीचको सहमतीप्रति आपत्ती जनाएको छ । रास्वपाका सांसद शिव नेपालीले नेपालको भूमि लिपुलेक र कालापानीको संरक्षणका लागि पहल गर्न नेपाल सरकारसँग माग गर्नुभएको हो ।

    प्रतिनिधिसभाको बिहिबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद नेपालीले लिपुलेक र कालापानीको भूभाग छिमेकी देशहरुले प्रयोग गर्ने भन्ने विषय आम सञ्चार माध्यममा आएकोले नेपालको भूभागको संरक्षण गर्न नेपाल सरकारले यथाशिघ्र पहल गर्नुपर्ने बताउनुभयो ।

     


    बिहिवार, भाद्र ५ २०८२०२:२४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij