Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

‘लिपुलेक समेटेर व्यापार गर्ने भारत-चिनको सम्झौता अस्वीकार्य’ - नेपाली कांग्रेस

‘लिपुलेक समेटेर व्यापार गर्ने भारत-चिनको सम्झौता अस्वीकार्य’ - नेपाली कांग्रेस

  • बिहिवार, भाद्र ५ २०८२

  • 621
    SHARES

  • ‘लिपुलेक समेटेर व्यापार गर्ने भारत-चिनको सम्झौता अस्वीकार्य’ - नेपाली कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री गगन थापाले दुई छिमेकीबिचको सहमति अस्वीकार्य रहेको बाउनुभयो । ‘भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य छ,’ थापाले भन्नुभयो ।

    उहाँले दुई देशबिच नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्ने बताउनु भएको छ ।

    ‘भारत र चीनबिचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भन्नुभयो, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’


    बिहिवार, भाद्र ५ २०८२०२:१३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij