Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसदमा उठ्यो लिपुलेकको विषयः कूटनीतिक संवादबाट निकास निकाल्न सरकारलाई सुझाव

संसदमा उठ्यो लिपुलेकको विषयः कूटनीतिक संवादबाट निकास निकाल्न सरकारलाई सुझाव

  • बिहिवार, भाद्र ५ २०८२

  • 694
    SHARES

  • संसदमा उठ्यो लिपुलेकको विषयः कूटनीतिक संवादबाट निकास निकाल्न सरकारलाई सुझाव

    काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर सीमा व्यापारका लागि भएको सम्झौताबारे उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले चीन र भारतका विदेशमन्त्रीहरूबीच भएको सम्झौताबारे उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट निकास निकाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

    दुई देशबीच भएको पछिल्लो सम्झौताका प्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘उच्चस्तरीय कूटनीतिक संवादको माध्यमबाट यो विषयहरूलाई छिटोभन्दा छिटो हल होस्, निकास निस्कियोस् । यसको लागि म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ उहाँले एमाले संसदीय दलको तर्फबाट चीन र भारतबीच भएको सम्झौताप्रति असहमतिसमेत जाहेर गर्न चाहेको बताउनुभयो ।


    बिहिवार, भाद्र ५ २०८२०२:०८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij