काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची छ ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।
यस्तै, प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय गर्नका लागि सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठक अहिले जारी छ ।
प्रतिनिधिसभाले पाक्षिक रूपमा क्यालेन्डर तय गर्दै आएको छ । त्यही क्यालेन्डर तय गर्नुका साथै अन्य समसामयिक विषयमा छलफल हुने कार्यतालिका रहेको छ ।