काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताउनु भएको छ ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराउनु भयो ।
उहाँले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको पनि बताउनु भएको छ ।
मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन र अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको रहेको उल्लेख गर्नुभएको छ । मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नेपाली कांग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । सभापति देउवाले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न आदिवासी समुदायसँग नेपाली कांग्रेसले सहकार्य गर्ने बताउनु भएको छ ।