Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एसमा बामदेवको वरियता तेस्रो

नेकपा एसमा बामदेवको वरियता तेस्रो

  • शुक्रवार, श्रावण ३० २०८२

  • 706
    SHARES

  • नेकपा एसमा बामदेवको वरियता तेस्रो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियता दिएको छ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरियता तोकिएको हो। वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताउनुभयो ।

    बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी र भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यमा बनाएको छ।


    शुक्रवार, श्रावण ३० २०८२०३:१०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij