Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सूचना प्रविधिले जनताको जीवनशैली बदल्न मद्दत पुर्याएको छ सभापति देउवा

सूचना प्रविधिले जनताको जीवनशैली बदल्न मद्दत पुर्याएको छ सभापति देउवा

  • बिहिवार, श्रावण २९ २०८२

  • 485
    SHARES

  • सूचना प्रविधिले जनताको जीवनशैली बदल्न मद्दत पुर्याएको छ सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पु¥याइरहेको बताउनु भएको छ । पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव दिवसीय अन्तक्र्रिया’ कार्यक्रममा सभापति देउवाले सूचना प्रविधिले जनताको जीवन शैलीलाई बदल्न मद्दत पु¥याइरहेको बताउनुभयो ।

    देउवाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको बताउनु भयो । उहाँले नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको पनि बताउनु भएको छ । ‘कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको छ,’ देउवाले भन्नुभयो, ‘ नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको छ ।’

    देउवाले कांग्रेस पनि सहभागी वर्तमान सरकार डिजिट नेपाल बनाउन लागिरहेको बताउँदै अहिलेको युग विज्ञान, प्रविधिको युग भएकाले यसका सकारात्मक पक्ष धेरै भएको दाबी समेत गर्नुभयो । डिजिटल प्रविधिका सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि पछिल्लो समय नकारात्मक पक्ष पनि देखिएको भन्दै उहाँले त्यसका लागि सचेत भएर बढ्नु पर्ने र नकारात्मक पक्ष रोक्न सरोकारवाला पक्षले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

    यसैवीच यसबीच सोही कार्यक्रममा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

    ‘डिजिटल माध्यमका कारणले समाजमा अप्ठ्यारो परेको अवस्था पनि छ, यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य हो, पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीका बारेमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको उपयोग र सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ’, उहाँले भन्नुभयो ।

     


    बिहिवार, श्रावण २९ २०८२०१:४५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij