काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गर्नुभएको हो । मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उहाँको भनाइ छ ।
विद्युत् विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ अगडि बढाइरहेको समेत बताउँदै उहाँले हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको बताउनुभयो । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको जानकारी दिनुभयो ।
‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत् पु¥याउन बाँकी छ । ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिराखेको अवस्था छ,’ उहाँले भन्नुभयो ।