Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई कैदीबन्दीले पाउने सबै सुविधा दिएको गृहमन्त्रीको दाबी

रवि लामिछानेलाई कैदीबन्दीले पाउने सबै सुविधा दिएको गृहमन्त्रीको दाबी

  • बुधवार, श्रावण २८ २०८२

  • 422
    SHARES

  • रवि लामिछानेलाई कैदीबन्दीले पाउने सबै सुविधा दिएको गृहमन्त्रीको दाबी

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीले पाउने कुनै पनि सुविधाबाट वञ्चित नगरिएको बताउनु भएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको छ । उहाँले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदी–बन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पार्नुभयो ।

    लामिछानेलाई छुट्टै कोठामा राखिएको बताउँदै कारागारको प्रशासनले केही समस्या भए नभएको सोध्ने गरेको पनि उनले उल्लेख गर्नुभयो । त्यस्तो विशेष सुविधा कारागारले उपलब्ध नगराएको पनि उहाँले बताउनु भयो ।

    कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको उहाँले बताउनुभयो । कुन कारागारमा सार्ने भन्नेबारे सुरक्षालाई मध्यनजर गरेर प्रक्रिया अघि बढाइरहेको उहाँले बताउनुभयो । मन्त्री लेखकले केन्द्रीय कारागार नुवाकोटको निर्माण सम्पन्न गर्न र जीर्ण कारागार भवनको पुनर्निर्माणको लागि पर्याप्त बजेट विनियोजन गर्ने पनि बताउनुभयो । हाल कारागारहरूमा प्रदान गरिएको विद्युत्को महसुल कर्पोरेट हाउससरह भएकोमा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    कारागारमा सवारीसाधन र इन्धनको अभाव रहेको साथै खर्चको मितव्ययिताको लागि अदालतमा भौतिक उपस्थितिको सट्टा भिडियो कन्फेरेन्समार्फत बयान बकपत्रको प्रबन्ध मिलाउँदा उचित हुने अदालतसँग समन्वय गर्नुपर्ने र बाल सुधारगृहका बालबालिकाको उचित शिक्षाको लागि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहसमेतले व्यवस्थापन गर्नुपर्ने कामलाई जति सक्दो चाँडो अगाडि बढाउने पनि उहाँले भयो ।


    बुधवार, श्रावण २८ २०८२०४:२०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij