Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीद्वारा संसदलाई सम्बोधन : ०८४ सम्म सरकार नढल्ने तर्क

प्रधानमन्त्रीद्वारा संसदलाई सम्बोधन : ०८४ सम्म सरकार नढल्ने तर्क

  • बुधवार, श्रावण २८ २०८२

  • 773
    SHARES

  • प्रधानमन्त्रीद्वारा संसदलाई सम्बोधन : ०८४ सम्म सरकार नढल्ने तर्क

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराउनु भएको हो ।

    उहाँ साउन १८ गते भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किनुभएको थियो ।

    उहाँले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्रीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको पनि संसद्लाई जानकारी गराउनु भएको छ ।
    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने बताउनु भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने बताउनुभयो ।

    मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा सरकार बनेको बताउँदै ओलीले विपक्षमा रहेका दलहरूलाई यो स्थिरता अप्रिय लागिरहेको बताउनुभयो ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाप्रति प्रतिशोध साधेको हो भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले एक व्यक्तिमाथि प्रतिशोध साधिएको हो भने अरू कानुन अनुसार थुनामा गएका हुन् भन्ने प्रश्न पनि गर्नुभएको छ । नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएभन्दै प्रश्न गरिरहेको बताउनुभयो ।


    बुधवार, श्रावण २८ २०८२०३:३६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij