Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसद् भवन निर्माणमा सरकारले विशेष ध्यान दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाई

संसद् भवन निर्माणमा सरकारले विशेष ध्यान दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाई

  • शुक्रवार, श्रावण २३ २०८२

  • 533
    SHARES

  • संसद् भवन निर्माणमा सरकारले विशेष ध्यान दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाई

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवन निर्माणमा कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताउनु भएको छ ।

    आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उहाँले नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताउनु भएको हो । तर सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरेको उहाँको भनाइ छ।

    उहाँले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताउनु भयो । कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमी कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।


    शुक्रवार, श्रावण २३ २०८२०५:१२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij