Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

  • शुक्रवार, श्रावण २३ २०८२

  • 447
    SHARES

  • राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

    काठमाडौं । राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

    त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले बाँधको विषयमा देखिएका अस्पष्टतालाई विधेयकले थप स्पष्ट पार्दै आवश्यकता अनुसार नेपाल सरकारले सुरक्षा दिने व्यवस्था गरेको बताए । जलको सदुपयोग र संरक्षण गर्नुका साथै यसबाट अधिकतम लाभ लिने उद्देश्यले सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।

    नेपालमा जलश्रोतको उपयोग, विकास तथा संरक्षण मार्फत समग्र राष्ट्रको विकासमा बहु आयामिक सोचमार्फत जलश्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्त्वपूर्ण भूमिका हुने मन्त्री खड्काले उल्लेख गरे ।


    शुक्रवार, श्रावण २३ २०८२०३:३५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij