काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको हो ।
कांग्रेसक एक शीर्ष तहका नेताका अनुसार संविधान निर्माणका क्रममा सक्रिय पूर्व महामन्त्री सिटौलालाई कार्यदलको संयोजक बनाउने गरी पार्टीभित्र छलफल चलेको छ । कार्यदलमा २÷३ दिनमा घोषणा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पु¥याउन कार्यदल गठन गर्ने निर्णय पार्टीले गरेको थियो । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ । साथै, कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा समेत छलफल चलाउने जिम्मेवारी प्राप्त गर्नेछ । कांग्रेस–एमाले वीचमा सरकार बनाउने सहमति हुँदा संविधान संशोधनको एजेण्डा राखिएको थियो ।