Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता, नेपाल–स्पेन सम्बन्ध बारे छलफल

सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता, नेपाल–स्पेन सम्बन्ध बारे छलफल

  • शुक्रवार, श्रावण २३ २०८२

  • 561
    SHARES

  • सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता, नेपाल–स्पेन सम्बन्ध बारे छलफल

    काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपालबीच भेटवार्ता भएको छ ।

    भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्राउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको छ ।

    स्पेनमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षणका साथै स्पेनमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजनाका बारेमा पनि दुवै पक्षबीच विचार विमर्श भएको जनाइएको छ । स्पेनमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको छ ।

     


    शुक्रवार, श्रावण २३ २०८२०२:२०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij