Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने

  • शुक्रवार, श्रावण २३ २०८२

  • 554
    SHARES

  • रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने

    काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठक आज बस्नेछ ।

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता मनिस झाले जानकारी दिनुभयो ।

    बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही सङ्गठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिबेनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    साथै बैठकमा प्रदेश इन्चार्जहरूले प्रदेश रणनीतिबारे सार एवं रिपोर्ट प्रस्तुत गर्नेछन् । उनीहरूको लागि अधिकतम ३ मिनेट समय छुट्याइने प्रवक्ता झाले बताउनुभयो । केन्द्रीय सदस्यले रिपोर्टिङको लागि अधिकतम २ मिनेट समय पाउनेछन् ।


    शुक्रवार, श्रावण २३ २०८२११:३१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij