काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्य सम्पादन मूल्यांकन औसतमा ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको हो । यसअघि पाँच बर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा नब्बे प्रतिशत प्राप्त गरेको हुनुपर्ने थियो।
यस्तै विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ ।
जसमा शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ । शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो ।