Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो लिएर नेपाल आउँदै भारतीय विदेश सचिव मिस्री

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो लिएर नेपाल आउँदै भारतीय विदेश सचिव मिस्री

  • बिहिवार, श्रावण २२ २०८२

  • 689
    SHARES

  • प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो लिएर नेपाल आउँदै भारतीय विदेश सचिव मिस्री

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आगामी साउन ३१ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउने भएका छन्। दुई दिने यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको टुंगो लगाउने छ । मिस्री एक वर्षको बीचमा दोस्रो पटक नेपाल आउन लागेका हुन् ।

    भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मिस्रीको भ्रमण तालिका पुष्टि गरेका छन्। मिस्री काठमाडौँ आइपुगेपछि द्विपक्षीय परियोजनाहरूको प्रगतिबारे पनि समीक्षा हुनेछ । खासगरी भारतद्वारा लगानी गरिएका विकास आयोजनाहरूको प्रगतिबारे छलफल गर्ने कार्यक्रम राखिएको छ।

    भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी र विभिन्न विकास परियोजनाहरूको प्रगतिबारे छलफल गर्नु रहेको छ। यो भ्रमणले दुई छिमेकीबीच भइरहेको कूटनीतिक संवादलाई निरन्तरता दिने छ । मिस्रीले नेपाल भ्रमणका क्रममा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिनेछन् ।

    प्रधानमन्त्री ओलीले २०८१ असार ३१ गते तेस्रो पटक पदभार ग्रहण गरेपछि भारत भ्रमणमा जान सकेका छैनन् । ओलीसँगको असन्तुष्टिका रुपमा समकक्षी नरेन्द्र मोदीले लामो समयसम्म निम्ता पठाएका थिएनन् । त्यहीकारण ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा गएका थिए । त्यहाँ बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामा दुई देशबीच हस्ताक्षर भएको थियो ।

    तेस्रो पटक प्रधानमन्त्री बनेको झन्डै १५ महिनापछि ओली भारत भ्रमणमा जानेछन् । मिस्रीको भ्रमणपछि ओलीको भारत भ्रमण आगामी भदौ अन्तिम या असोज पहिलो साताका लागि तय हुने अपेक्षा गरिएको छ । ओली दुई दिने भारत भ्रमणमा जाने तयारी यसअघि भएको थियो । तर उनको भ्रमण अवधि लम्बिन सक्ने बताइएको छ । मिस्रीको भ्रमणपछि प्रधानमन्त्रीको भ्रमणको मिति, कार्यसूची र प्राथमिकता तय हुनेछन् ।


    बिहिवार, श्रावण २२ २०८२०२:१७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij