Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभामा आज कसले के बोलें !

प्रतिनिधि सभामा आज कसले के बोलें !

  • मंगलवार, श्रावण २० २०८२

  • 558
    SHARES

  • प्रतिनिधि सभामा आज कसले के बोलें !

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विपिन जोशीको रिहाइका लागि सरकारलाई अझै कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराउनु भएको छ । आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले २ वर्षदेखि बेपत्ता रहेका जोशीबारे प्रभावकारी कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

    उहाँले नेपालले कुनै पनि देशलाई शत्रु राष्ट्र नठान्ने भन्दै नेपाली नागरिक वा नेपाली सेना कुनै पनि दुई राष्ट्रबिचको युद्धमा सामेल नभएको बताउनुभयो ।

    त्यसैगरी आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहतको नाममा भ्रष्टाचार गर्न खोजेको आरोप लगाउनु भएको छ । उहाँले प्रधानमन्त्रीले सार्वजनिक रूपमा घोषणा गरेको ५०० डिप बोरिङको योजनाबारे सम्बन्धित सरकारी निकायहरू नै बेखबर रहेको भन्दै साहले आपत्ति जनाउनु भएको हो ।

    यसैवीच प्रतिनिधिसभामा नेपाली कांग्रेसका दुई सांसदको समिति हेरफेर भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पेस गरेको समिति हेरफेरको प्रस्ताव संसद्बाट सर्वसम्मत स्वीकृत गरेको हो । नागिना यादव र संगिता मण्डल धानुकको समिति परिवर्तन गरिएको हो ।

    यादवलाई कानुन न्याय तथा मानव अधिकार समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको छ भने मण्डललाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट कानुन न्याय तथा मानव अधिकार समितिमा ल्याइएको छ ।


    मंगलवार, श्रावण २० २०८२०५:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij