Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संसदीय छानबिन विशेष समितिद्धारा प्रतिवेदन प्रतिनिधिसभामा पेस

संसदीय छानबिन विशेष समितिद्धारा प्रतिवेदन प्रतिनिधिसभामा पेस

  • मंगलवार, श्रावण २० २०८२

  • 518
    SHARES

  • संसदीय छानबिन विशेष समितिद्धारा प्रतिवेदन प्रतिनिधिसभामा पेस

    काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ । समितिका सभापति जीवन परियारले मंगलबारको प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन पेस गर्नुभएको हो । गत असार २३ को प्रतिनिधिसभा बैठकबाट समिति गठन भएको थियो ।

    कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद परियारको संयोजकत्वमा गठित समितिमा कांग्रेस–एमालेबाट दुई–दुई, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सांसद सदस्य छन् । कांग्रेसबाट परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा सदस्य रहनु भएको थियो ।

    समितिले मंगलबार बिहान प्रतिवेदनलाई अन्तिम टुंगो लगाएको हो । प्रतिवेदन सदनसमक्ष पेस गर्ने क्रममा सभापति परियारले २८ दिनमा बसेका ३७ वटा बैठक बसेर प्रतिवेदन तयार गरिएको जानकारी दिनु भएको छ । यसअघि उहाँले उक्त प्रतिवेदन समामुख देवराज घिमिरेलाई बुझाउनु भएको थियो । छानबिन समितिको निर्णयअनुसार ‘कुलिङ पिरियड’को व्यवस्था विधेयकबाट हटाइनुमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नैतिक रुपले जिम्मेवार ठहर गरिएको छ ।

    छानबिन समितिले राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुराले जिम्मेवारी पूरा गर्न नसकेको ठहर गरेको छ । ‘समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रमाणीकरणदेखि मस्यौदा हेरी बैठकमा पेश गर्ने कानुनी जिम्मेवारी भएको पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गरेको भन्न सकिएन,’ सचिव दुराबारे छानबिन समितिले भनेको छ ।

    त्यसैगरी छानबिन समितिले ‘कुलिङ पिरियड’ हटाउनका लागि दबाब सिर्जना गरेका सरकार उच्च पदस्थ कर्मचारीहरूले अशोभनिय कार्य गरेको निष्कर्ष निकालेको छ । ‘नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको प्रत्यक्ष संलग्नता नदेखिए पनि परोक्ष रुपमा समितिले पारित गरेको कुलिङ पिरियडको सार्वजनिक रुपमै विपक्षमा देखिनु शोभनीय देखिएन,’ छानबिन समितिको निष्कर्ष छ ।

    यस्तै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताउनु भएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले कुलिङ अफ पिरियडको विषयले संसदकै धज्जी उडेको टिप्पणी गर्नुभएको हो । उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ ।


    मंगलवार, श्रावण २० २०८२०५:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij