Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

  • सोमवार, श्रावण १९ २०८२

  • 747
    SHARES

  • दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ । सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले उक्त आदेश जारी गरेको हो ।

    मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

    आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’

    नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा प्रसाईंले ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ मार्फत कर्जा अपचलन गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताले १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेका थिए ।

    अदालतमा बयान दिने क्रममा प्रसाईंले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका थिए । अदालतको आदेशअनुसार, प्रसाईंले तोकिएको २५ लाख रुपैयाँ नगद धरौट वा सो बराबरको बैंक जमानत बुझाउनुपर्नेछ । यदि उनले धरौटी बुझाउन नसकेमा कानुनबमोजिम थुनामा पठाइने आदेशमा उल्लेख छ । यो आदेशसँगै प्रसाईं अब तारेखमा रहेर मुद्दाको सामना गर्नेछन् ।


    सोमवार, श्रावण १९ २०८२०७:२२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij