Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनु पर्छ’

‘यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनु पर्छ’

  • सोमवार, श्रावण १९ २०८२

  • 518
    SHARES

  • ‘यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनु पर्छ’

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी आज आयोजित कार्यक्रममा उहाँले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

    छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुसरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ । परम्परागत रूपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रूपान्तरणलाई उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेपालको विभिन्न क्षेत्रको विकासमा जापानी सहयोग नियोग (जाइका) तथा दातृनिकायहरूलाई गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य रहने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

    जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुसी रहेको र आगामी दिनमा सहयोग निरन्तर रहने उल्लेख गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार जाइकाले तीन वर्षभन्दा लामो समय लगाएर काठमाडौँको सहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन गरेको हो ।


    सोमवार, श्रावण १९ २०८२०३:५४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij