Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेश

बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेश

  • सोमवार, श्रावण १९ २०८२

  • 572
    SHARES

  • बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेश

    काठमाडौं । नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गर्नुभएको हो ।

    बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेको उहाँनिकट कार्यकर्ताहरू तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

    तस्बिरमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितका नेताहरू पनि देखिएका छन् ।


    सोमवार, श्रावण १९ २०८२०३:३०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij