काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभा पेस नहुने भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा उक्त प्रतिवेदन पेस नहुने भएको हो । उक्त प्रतिवेदन आज नै सभामुख देवराज घिमिरेलाई बुझाइने भएको छ ।
समिति सदस्य सुशीला थिङले सोमबार सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइने बताउनुभयो । तर, सदनको कार्यसूचीमा भने मंगलबार मात्रै पर्ने सम्भावना रहेको थिङले जानकारी दिनुभयो । ‘आजको बैठकमा प्रतिवेदन पेस हुँदैन । सभामुखलाई प्रतिवेदन बुझाउने तयारी छ,’ थिङले भन्नुभयो ।
कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।