Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै प्रतिनिधी सभामा सरकारको जवाफ

बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै प्रतिनिधी सभामा सरकारको जवाफ

  • सोमवार, श्रावण १९ २०८२

  • 545
    SHARES

  • बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै प्रतिनिधी सभामा सरकारको जवाफ

    काठमाडौं । बहुविवाहलाई कानुनी मान्यता दिनसक्ने भनेर मुलुकी अपराध संहितामा राख्न खोजिएको प्रावधानबारे चलेको बहस संसद्मा पुगेको छ। यो विषयलाई केही सांसदहरूले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रवेश गराएका हुन् । केही महिला सांसदहरूले उक्त विषयप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग जवाफ माग गरेका छन्।

    सांसद सुनिता बरालले बहुविवाहको सम्भावित कानुनी मान्यताबारे सञ्चारमाध्यम र समुदायहरूमा चर्चा बढेको बताउनुभयो। उहाँले सरकारसँग तत्काल सदनमा प्रष्टिकरण दिन माग गर्नुभएको छ । त्यसैगरी सांसद रुपा चौधरीले पनि सरकारको नियतप्रति प्रश्न उठाउनु भएको छ । सरकारको कार्य हिंसाको थुप्रोमाथि सुकुल ओढाएर शान्तिको परेवा उडाउने जस्तै भएको उहाँले आरोप समेत लगाउनुभयो ।

    त्यसैगरी सांसद रमा कोइराला पौडेलले सामाजिक सञ्जालमा बहुविवाहसम्बन्धी बहसले व्यापक रूप लिएको उल्लेख गर्नुभएको छ । कानुन सचिव परासर ढुंगानाको अभिव्यक्तिलाई उद्धृत गर्दै उहाँले यस प्रावधानको विरोध गर्नुभयो । ‘कानुन सचिव परासर ढुंगानाले विवाहित पुरुषसँगको सम्बन्धबाट बच्चा जन्मिएको महिलाको बिजोग हुने भएकाले संरक्षणको उद्देश्यले प्रावधान राखिएको बताउनु भएको छ। यदि यो सही हो भने, यो गलत व्याख्या हो र तुरुन्त सच्याइनुपर्छ’, उहाँले भन्नुभयो ।

    यस विषयमा अहिलेसम्म कानुन मन्त्रालयले आधिकारिक रूपमा कुनै विस्तृत स्पष्टीकरण दिएको छैन। तर सांसदहरूले तीव्र विरोध जनाउँदै संसद्मा जवाफ मागेका छन् । सांसदहरूले कानुन मन्त्री अजयकुमार चौरसियाले संसद्मा उभिएर यसबारे जवाफ दिनुपर्ने बताए ।

    हाल बहसमा रहेको विषय मुलुकी अपराध संहितासँग सम्बन्धित नयाँ कानुन निर्माणको प्रक्रिया छ। जसमा केही मस्यौदामा बहुविवाहलाई केही शर्तसहित कानुनी रूपमा मान्यता दिन सकिने व्याख्या भएको बताइएको छ। यही विषयलाई लिएर सामाजिक तथा राजनीतिक वृत्तमा तीव्र विवाद चुलिएका बेला संसद्मा पनि बहस सुरू भएको हो ।


    सोमवार, श्रावण १९ २०८२०१:५४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij