Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रह्यो’

‘छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रह्यो’

  • आइतवार, श्रावण १८ २०८२

  • 503
    SHARES

  • ‘छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रह्यो’

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन् । जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहको बताएका हुन् ।

    उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावका बारेमा छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसद्लाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाका बारेमा आफूले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसद्लाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताए ।

    सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उनको भनाइ छ । त्यस्तै उनले विभिन्न मुलुकबाट आएका संसद्का प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारीका विषयमा छलफल भएको जानकारी दिए ।


    आइतवार, श्रावण १८ २०८२०६:४०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij