Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images
कोदो दिवस

कोदो खेतीमा अग्रसर हुन कृषकहरुलाई कृषिमन्त्री अधिकारीको आग्रह

कोदो खेतीमा अग्रसर हुन कृषकहरुलाई कृषिमन्त्री अधिकारीको आग्रह

  • शुक्रवार, श्रावण १६ २०८२

  • 562
    SHARES

  • कोदो खेतीमा अग्रसर हुन कृषकहरुलाई कृषिमन्त्री अधिकारीको आग्रह

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले कोदो खेतीमा अग्रसर हुन कृषकलाई आग्रह गर्नु भएको छ ।

    पहिलो राष्ट्रिय कोदो दिवसका अवसरमा सन्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री अधिकारीले बढ्दो आयातको खाडल कम गर्न र निरोगी नेपालको लक्ष्य हासिल गर्न कोदो खेती सबैभन्दा उत्तम विकल्प भएको बताउनु भयो ।

    सरकारले श्रावण १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेबमोजिम आज प्रथम कोदो दिवस मनाउँदै छ । मन्त्री अधिकारीले जलवायु परिवर्तनका कारणले उत्पन्न सुख्खा तथा खडेरीजस्ता अवस्थामा पनि कोदो उत्पादनमा कुनै असर नपर्ने भएकाले कोदो खेती प्रवद्र्धन गर्न सरकारले कार्यक्रम र बजेटसहित कृषकसंग सहकार्य अघि बढाउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

    गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट ३ लाखबढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिनु भयो ।

    हरेक वर्ष ५० अर्ब बढी रुपैयाँ धान चामलको आयातमा विदेशिने गरेकोमा यस वर्ष सुख्खाले थप २० प्रतिशत धान उत्पादन घढ्ने भएकाले सम्भावित खाद्यान्न संकट न्यूनीकरण गर्न कोदो उत्पादन अभियानमा सबै किसान जोडिनु आवश्यक भएको उहाँले बताउनु भयो ।


    शुक्रवार, श्रावण १६ २०८२०८:५७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij