Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेस-एमाले सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै छ’

‘कांग्रेस-एमाले सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै छ’

  • बिहिवार, श्रावण १५ २०८२

  • 525
    SHARES

  • ‘कांग्रेस-एमाले सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै छ’

    काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबिच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताउनु भएको छ ।

    बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबिच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताउनु भएको हो । उहाँले आफूहरू सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुन मात्रै सातबुँदे सहमति नभएको स्पष्ट पार्नुभयो ।

    कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधि विधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिदैं उहाँले कांग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको बताउनुभयो ।

    सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने जिकिर गर्नुभएको छ ।


    बिहिवार, श्रावण १५ २०८२०४:५५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij