Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रञ्जिताले सोधिन् संसदीय दलका नेता गंगारामलाई २४ घण्टे स्पष्टीकरण

रञ्जिताले सोधिन् संसदीय दलका नेता गंगारामलाई २४ घण्टे स्पष्टीकरण

  • बिहिवार, श्रावण १५ २०८२

  • 692
    SHARES

  • रञ्जिताले सोधिन् संसदीय दलका नेता गंगारामलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय भेलाबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।

    आफूमाथि कारबाही भएको दोस्रो दिन श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै स्पष्टीकरण सोधेकी हुन् । उनले चौधरीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न भनेकी छन् ।

    श्रेष्ठले आफ्नो अनुपस्थितिमा बिना कुनै जानकारी विधानविपरीत दलका नेता चौधरीले साउन ३, साउन ९ र साउन ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकार भन्दा बाहिर गएर बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको स्पष्टीकरण पत्रमा लेखेकी छन् । उनले दलका नेता चौधरीलाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् ।


    बिहिवार, श्रावण १५ २०८२०४:४०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij