Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बालुवाटार छलफल : मन्त्री फेर्नेबारे भएन छलफल

बालुवाटार छलफल : मन्त्री फेर्नेबारे भएन छलफल

  • बिहिवार, श्रावण १५ २०८२

  • 492
    SHARES

  • बालुवाटार छलफल : मन्त्री फेर्नेबारे भएन छलफल

    काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चाकाबीच बालुवाटारमा बसेको बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको विषय नै नउठेको बताइएको छ ।

    कांग्रेसका तर्फबाट बैठकमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् पुनर्गठनको विषयले छलफलमा प्रवेश नै नपाएको बताएका छन् । ‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश भएन,’ उनले भने ।

    उपसभापति खड्काले शीर्ष नेतृत्वबीच सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुंग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे कुराकानी भएको बताउनुभयो ।


    बिहिवार, श्रावण १५ २०८२०३:०९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij