Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सत्तासाझेदार एमाले र कांग्रेसका शीर्ष नेताहरुको छलफल जारी

सत्तासाझेदार एमाले र कांग्रेसका शीर्ष नेताहरुको छलफल जारी

  • बिहिवार, श्रावण १५ २०८२

  • 634
    SHARES

  • सत्तासाझेदार एमाले र कांग्रेसका शीर्ष नेताहरुको छलफल जारी

    काठमाडौं । सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेता अहिले छलफलमा जुटेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुवीचको छलफल बालुवाटारमा जारी छ ।

    छलफलमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि सहभागी हुनुहुन्छ । त्यसैगरी कांग्रेसबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा छलफल थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।


    बिहिवार, श्रावण १५ २०८२०१:५०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij