Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

माओवादी भित्रको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने

माओवादी भित्रको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने

  • बुधवार, श्रावण १४ २०८२

  • 730
    SHARES

  • माओवादी भित्रको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने

    काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।

    पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा पछिल्लो केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन नभएको विषयमा शर्माले असन्तुष्टि पोख्नुभएको थियो । आन्तरिक जनवादको विषयमा प्रचण्ड र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप भएपछि बुधबार बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकको एजेन्डा बनाएको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्तरिक एकतालाई मजबुत गराउने विषय पार्टीको नियमित एजेन्डाकै रूपमा प्रस्तुत भएको बताउनुभएको छ ।

    ‘सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरणबारे स्थायी समिति बैठकमा छलफल हुन्छ । आजको बैठकमा यसबारे कुनै छलफल भएन’, उहाँले भन्नुभयो । यस्तै उपमहासचिव हरिबोल गजुरेलले पनि अन्तरविरोधलाई स्थायी समिति बैठकमा छलफलको एजेन्डा बनेको जानकारी दिनुभएको छ ।


    बुधवार, श्रावण १४ २०८२०५:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij