Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

  • बुधवार, श्रावण १४ २०८२

  • 525
    SHARES

  • बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित हुनभएको छ । आज हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उहाँका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गर्नुभएको हो ।

    बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् ।

    यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।

    रिक्त संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन गरिएको हो । संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन् । २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए । संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति समेत हुन् ।


    बुधवार, श्रावण १४ २०८२०४:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij