Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नती हुन्छ’

‘नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नती हुन्छ’

  • बुधवार, श्रावण १४ २०८२

  • 717
    SHARES

  • ‘नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नती हुन्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल २०८३ मंसिरसम्म अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने बताउनु भएको छ । उहाँले बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै यस्तो बताउनु भएको हो ।

    उहाँले अहिलेसम्म सन् २०१५,२०१८ र २०२१ मा गरी ३ पटक मूल्याङ्कन भएको भन्दै यी नै मूल्याङ्कनको आधारमा आगामी २०८३ साल मङ्सिरमा अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले स्तरोन्नतिको प्रक्रियामा नेपालले धेरै काम गरेकोमा राष्ट्रिय सभाको आर्थिक मामिला समितिको प्रशंसा समेत गर्नुभएको छ । अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नति हुनु स्थानान्तरण नभई रूपान्तरण भएको समेत उहाँको भनाइ छ।

    प्रधानमन्त्री ओलीले नेपाललाई विकसित मुलुकमा स्तरोन्नति हुन अरूले नभई सरकारको प्रयासमा काम भएको बताउनुभयो ।


    बुधवार, श्रावण १४ २०८२०४:१४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij