Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रञ्जितालाई अध्यक्ष पदबाट हटायो नागरिक उन्मुक्तिले

रञ्जितालाई अध्यक्ष पदबाट हटायो नागरिक उन्मुक्तिले

  • बुधवार, श्रावण १४ २०८२

  • 630
    SHARES

  • रञ्जितालाई अध्यक्ष पदबाट हटायो नागरिक उन्मुक्तिले

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ । उनलाई अध्यक्षबाट हटाएको जानकारी नाउपाले निर्वाचन आयोगसमक्ष गराएको छ । पार्टीको अनुशासन नमानेको आरोप उनीमाथि संरक्षक रेशमलाल चौधरीसहितले लगाएका छन् ।

    पार्टी बैठक डाक्न छाडेर विधानविपरीत शिवप्रसाद बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि रञ्जितालाई हटाएको हो । रञ्जितालाई अध्यक्षबाट हटाउन प्रमुख संरक्षक रेशमलाल चौधरीले नै पहलकदमी लिएका थिए । उनले रञ्जितालाई पार्टी बैठक डाक्न पनि दबाब दिएका थिए ।

    हटाउनुअघि रामलाल डगौरा थारु संयोजक रहेको अनुशासन समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले त्यो स्पष्टीकरणको अहिलेसम्म जवाफ दिएकी छैनन् । आफूलाई अध्यक्षबाट हटाएकोबारे रञ्जिताले भनाइ सार्वजनिक गरेकी छैनन् ।


    बुधवार, श्रावण १४ २०८२०२:२५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij