Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अख्तियार प्रमुख प्रेमकुमार राईलाई महाभियोग लगाउन कांग्रेस सांसदको माग

अख्तियार प्रमुख प्रेमकुमार राईलाई महाभियोग लगाउन कांग्रेस सांसदको माग

  • आइतवार, श्रावण ११ २०८२

  • 742
    SHARES

  • अख्तियार प्रमुख प्रेमकुमार राईलाई महाभियोग लगाउन कांग्रेस सांसदको माग

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताउनु भएको छ । राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

    मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै उहाँ भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गर्नुभयो । राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उहाँले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको बताउनुभयो ।

    “अहिले हाम्रो देशको प्रमुख समस्या सुशासन हो । यसले सदाचारिताको संस्कृतिलाई मार्दै गयो । र भ्रष्टाचार तथा अनियमिततालाई प्रोत्साहन गर्दै गएको छ । त्यसैले अहिलेको समस्याप्रति म केही ध्यानाकर्षण गराउन चाहन्छु । राज्यका प्रमुख अंगहरुप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्ँिकदै गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ । सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन । अविश्वास बढेको छ । सेवाग्राहीले सेवा सहज ढंगले प्राप्त गरेको अवस्था छैन । र टेबुलमुनिबाट कारोबार हुन्छ रे भन्ने पनि सुन्नमा आएको छ । यो एउटा गम्भीर समस्या हो,” उहाँको भनाइ थियो ।

    सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न समेत गर्नुभएको थियो । दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गर्नुभएको हो ।


    आइतवार, श्रावण ११ २०८२०४:३७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij