काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताउनु भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताउनुभयो ।
उहाँले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि कांग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताउनु भएको छ । सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पार्नुभयो । संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताउनुभयो ।