Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एमालेमा विद्यालाई ढोका बन्द भएसँगै आन्तरीक द्वन्द चर्किदै, विद्या नयाँ रणनीति बनाउँदै, ओली विद्याको द्वन्द वारपारकै अवस्थामा पुग्ने निश्चित (खास खबर)

एमालेमा विद्यालाई ढोका बन्द भएसँगै आन्तरीक द्वन्द चर्किदै, विद्या नयाँ रणनीति बनाउँदै, ओली विद्याको द्वन्द वारपारकै अवस्थामा पुग्ने निश्चित (खास खबर)

  • बुधवार, श्रावण ७ २०८२

  • 705
    SHARES

  • एमालेमा विद्यालाई ढोका बन्द भएसँगै आन्तरीक द्वन्द चर्किदै, विद्या नयाँ रणनीति बनाउँदै, ओली विद्याको द्वन्द वारपारकै अवस्थामा पुग्ने निश्चित (खास खबर)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नेकपा एमालेले ढोका बन्द गर्ने निर्णय गरेको छ । गएराती मध्यरातमा सकिएको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष निकालेपछी भण्डारीको राजनीतिमा फर्किने निर्णयमा एमालेले ढोका बन्द गरिदिएको हो।

    यससँगै एमालेमा बनेको भण्डारी गुट र ओली गुटबिचको द्वन्द थप उत्कर्षमा पुग्ने लक्षण देखा परेको छ। भने भण्डारीलाई चूपचाप एमाले निर्णय स्वीकार्ने वा यसलाई एक हदसम्म अवज्ञा गरेर नयाँ निर्णय लिने भन्ने दुई विकल्प बाँकी रहेको छ। एमालेका तत्कालिन महासचिव समेत रहनुभएका विद्याका पति स्व. मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर भण्डारीले यसअघी नै एमालेको सदस्यता नविकरण गरिसकेकोले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो।

    त्यससँगै उहाँले पूर्वराष्ट्रपतिको हैसियतमा खाईपाई आएको वा उपभोग गर्दैै आएको राज्यको सबै सेवा सुविधा त्यागेको घोषणा गरिसक्नु भएको छ। भण्डारीको यस्तो निर्णयले एमालेमा ओलीको एकल हैकमवादले आजित र उकुसमुकुसको अवस्थामा रहेका अर्थात असन्तुष्ट नेता कार्यकर्ताहरु उत्साहीत थिए भने ओलीसँगै निकट नेता कार्यकर्ताहरु असन्तुष्ट बनेका थिए।

    जसअनुसार एमालेको गएराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले भण्डारीलाई रोक्न यस्तो निर्णय लिएको हो । उक्त निर्णयमा भण्डारी निकट नेताहरु वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताहरु असन्तुष्ट बनेका छन् ।

    बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले पूर्वराष्ट्रपति बनेपछी राजनीतिमा सक्रिय हुने निर्णयले गलत नजिर बस्ने भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिनुभयो। गौतमले पूर्वराष्ट्रपति दलको कार्यकर्ता हुनु स्थापित मान्यताको विपक्षमा हुने पनि बैठकले निष्कर्ष निकालेको बताउनुभयो।
    यस्तै, हालमा उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुकको सर्वोच्च संस्था राष्ट्रपति पदमा आशिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर केन्द्रीय कमिटीले एकमतले निर्णय गरेको बताउनुभयो ।

    पूर्वराष्ट्रपति भनेको मुलुककै अभिभाबक रहेकोले फर्किएर राजनीतिमा आउन खोज्नु मुलुकको मुल्य मान्यताविपरीत हुने भएकोले सम्मानित पदमा आसिन व्यक्ति सोही स्थानमा रहनुपर्ने पौडेलले बताउनुभयो।

    केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेपछी भण्डारी निकट नेता कार्यकर्ताहरु असन्तुष्ट र आक्रोसित बनेका छन्। भने केन्द्रीय कमिटी बैठक चल्दाचल्दै हिजै मात्रै स्वयं भण्डारीले पनि ओलीले आफूलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहेको आभास पहिलेदेखि नै मिलेको र अहिले स्पष्ट भएको भन्दै आफू चुप लागेर नबस्ने चेतावनी दिनु भएको थियो।

    विद्याले निकटस्थलाई आँफु ब्याक अपविना नबसेको र आँफुसँग प्रसस्तै ब्याकअप रहेकोले ढुक्क रहन आग्रह गर्नुभएको थियो। हालै आँफुलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने भएकोले केही काम पर्खीन आग्रह गर्दै केही दिनमै बोल्ने बताउनुभएको छ।

    आज भण्डारी निकट नेता कर्ण थापाले नयाँ शिराबाट स्वाभिमान र स्वतन्त्रताको लडाइँ लड्न एमाले नेता कार्यकर्ताहरूलाई अपिल गर्नुभएको छ। थापाले पार्टीले संविधान, कानून र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको उहाँ बताउनुहुन्छ । नेता थापाले एमालेको केन्द्रीय समितिले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेण्डामासमेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताउनुहुन्छ ।

    यता विज्ञहरु भने पूर्वराष्ट्रपति बनिसकेको व्यक्ति पूनः पार्टी राजनीतिमा आउन खोज्नु नै एक अनौठो घटना हुने भएकोले एमालेको निर्णय स्वभावीक मान्छन् । राजनैतिक विश्लेसक गोविन्दमान सिंह कार्कीले पूर्वराष्ट्रपति राजनीतिमा फर्किन खोज्नु र यदि पार्टी अध्यक्षपछी प्रधानमन्त्री नै बन्ने स्थीति आएको खण्डमा विश्वमै नभएको घटना हुने टिप्पण िगर्नुहुन्छ।

    यस्तै विश्लेषक कार्कीले ओलीले भण्डारीलाई एमालेमा ढोका बन्द गरेपछी अब वारपारको लडाँई सुरु हुने बताउनुहुन्छ। पार्टीभित्र विद्याको पकड पनि बलियो बन्दै गएकोले अब विद्या आफै या अर्को कुनै बलियो उमेदवार खडा गर्नुपर्ने र त्यो व्यक्ति ओलीलाई भारी पर्ने बताउनुहुन्छ।

    एमालेले भण्डारीलाई पूर्वराष्ट्रपतिकै भूमिकामा बस्न आग्रह गरेको छ,भने मुलुकको राष्ट्राध्यक्ष,राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको पालनाकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति,साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा गौरवमय जिम्मेवारी लिइ सकेको व्यक्तिले गर्नु हुँदैन र मिल्दैन भन्ने निष्कर्षमा पुगेको छ।

    यो निष्कर्षले भण्डारीलाई गम्भिर धक्का पुराएको छ भने भण्डारी निकट एवं ओलीविरुद्धका नेता कार्यकर्ताहरुलाई पार्टीभित्र सकस पर्ने देखिन्छ। ति नेताहरुमा विगतमा ओलीको विरुद्ध लाग्ने नेता कार्यकर्ताहरु माधव नेपाल, झलनाथ खनाल, भिम रावलको अवस्था सृजना हुने जोखिम बढेको देखिन्छ।

    अर्कातिर भण्डारीले यसअघी नै ओलीले आफूलाई पार्टी राजनीति गर्न रोक लगाउने निर्णय सार्वजनिक हुने संकेत पाउनासाथ आँफु माझकिराँतकी छोरी रहेकोले खुट्टा नकमाउने र चुप लागेर नबस्ने बताईसक्नु भएको छ भने राजनैतिक र कानुनी प्रतिवाद गर्ने संकेत दिईसक्नु भएकोछ। जसले गर्दा अब एमालेभित्र ओली र भण्डारीबिचको लडाई उत्कर्षमा पुग्ने देखिन्छ।



    बुधवार, श्रावण ७ २०८२०७:२९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij