Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद छ : शेखर कोइराला

भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद छ : शेखर कोइराला

  • बुधवार, श्रावण ७ २०८२

  • 480
    SHARES

  • भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद छ : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सम्बन्धित मन्त्री घूस प्रकरणमा मुछिएर पदमै रहेको बेलामा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद रहेको बताउनु भएको छ । नेता डा. कोइरालाले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरी भूमि विधेयकमा समितिमा गहन छलफल गर्नुपर्ने बताउनु भएको हो । 

    डा.कोइरालाले सामाजिक सञ्जालमा कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नरहेको पनि बताउनु भएको छ । ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न ।

    नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन,’ कोइरालाले लेख्नु भएको छ, ‘पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’


    बुधवार, श्रावण ७ २०८२०४:०७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij