Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘पूर्व पश्चिम विद्युतीय रेलमार्ग निल्नु न ओकल्नु भएको छ’

‘पूर्व पश्चिम विद्युतीय रेलमार्ग निल्नु न ओकल्नु भएको छ’

  • बुधवार, श्रावण ७ २०८२

  • 415
    SHARES

  • ‘पूर्व पश्चिम विद्युतीय रेलमार्ग निल्नु न ओकल्नु भएको छ’

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम विद्युतीय रेलमार्ग निल्नु न ओकल्नु भएको बताउनु भएको छ । बुधबार राष्ट्रिय सभाअन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सबलीकरण समितिमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा भएको छलफलमा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

    ‘पूर्व–पश्चिम रेलमार्ग हाम्रो ड्रिम नै हो। त्यो गर्नै पर्छ हामीहरूले। यो पूर्व–पश्चिम रेलमार्ग भन्ने बित्तिकै चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म मात्रै होइन। योचाहिँ के हो त भन्दा दक्षिणपूर्वी एसिया अथवा एसियासँगको कनेक्टिभिटीको कुरा हो,’ उहाँले भन्नुभयो, ‘सबैभन्दा सस्तो यातायातको साधन भनेको पानीजहाज हो, त्यसपछाडि रेल नै हो। त्यसो हुँदाखेरि रेललाई हामीले कुनै न कुनै समयमा सञ्चालन गर्नै पर्छ र पूर्व–पश्चिम रेलमार्ग हामीले सञ्चालन गर्नै पर्छ। तर अहिले निल्नु न ओकल्नुको अवस्थामा पुग्यो ।’

    मुआब्जाको समस्याका कारण सो आयोजना अघि बढ्न नसकेको बताउँदै मन्त्री दाहालले पूर्व–पश्चिम रेलमार्गलाई अगाडि बढाउने भन्ने नेपाल सरकारले मात्रै नभई संसदले नै निर्णय गरिसकेको बताउनुभयो ।


    बुधवार, श्रावण ७ २०८२०३:४२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij