Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा रहेको प्रचण्डको दाबी

माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा रहेको प्रचण्डको दाबी

  • शुक्रवार, श्रावण २ २०८२

  • 281
    SHARES

  • माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा रहेको प्रचण्डको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा रहेको बताउनु भएको छ। नेपाल मतदाता अधिकार मञ्चले प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएपछि यस्तो बताउनु भएको हो ।

    पेरिसडाँडामा आएका प्रतिनिधिसँगको भेटमा प्रचण्डले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।

    मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझाव पत्रमार्फत नेताहरूलाई बुझाएर मात्र पूरा नहुने उहाँको भनाई थियो । जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार रहेको प्रचण्डले बताउनुभयो ।

    मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेस गरेको छ ।


    शुक्रवार, श्रावण २ २०८२०४:३०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij